अमेरिका र इरान बिचको तनाब:ट्रम्पको सम्बोधनपछि युद्धको सम्भावना अन्त्य भएकै हो त ?

Posted on: 09 Jan, 2020

पुस २४, एजेन्सी | गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले इरानका सेना कमान्डर जेनरल कासिम सुलेमानिको ड्रोन् आक्रमणमा हत्त्या गरेपछि दुवै देशबीच स्थिति तनाब बन्यो | त्यसको बदलामा इरानले इराक स्थित अमेरिकी सैन्य हवाई आधारमा दर्जनौ मिसाइल आक्रमण गर्यो र उक्त आक्रमणमा परि ८० जना अमेरिकी सैनिक मारिएको इरानको दाबि छ |

यता अमेरिकाले भने इरानको दाबिलाई अस्विकार गरेको छ | इरानको आक्रमणबाट कुनै मानवीय क्षेती नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबि गरेका छन् | जवाफमा अमेरिकाले इरानमाथि हमाला गरे दुबई र इजरायलमा आक्रमण गर्ने चेतावनी इरानले दिए संगै अमेरिका पछि हटेको हो |

बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन् | सम्बोधनमा ट्रम्पले इरानमाथि थप सैन्य कारबाहीको सम्भावना भने देखाएनन् | उनले इरान पछि हटेको बताएका छन् | 'इरानले यो द्वन्द्वलाई थप चर्काउन नचाहेको देखिन्छ, जुन यसमा संलग्न सबै पक्षका लागि र यो विश्वकै लागि खुसीको कुरा हो,' उनले भने | शान्ति चाहनेहरूसँग अमेरिका शान्तिकै व्यवहार  गर्न तयार रहेको उनको भनाइ छ |

इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले सैनिक कमान्डर सुलेमानीको हत्याको बदलामा इरानबाट 'जवाफी कारबाही सकिएको' बताएपछि दुवै देश पछि हटेका हुन् | आफु राष्ट्रपति रहेसम्म इरानलाई आणविक हतियार राख्न नदिने उनको दाबि छ | इरानी सैनिक कमान्डर सुलेमानीलाई पहिले नै मारिनुपर्ने बताउँदै उनले भविष्यमा कुनै पनि किसिमको आतंकवादी गतिविधिमा संलग्न नहुन इरानलाई चेतावनी दिए | उनले इरानमाथि नयाँ आर्थिक प्रतिबन्धको घोषणा समेत गरेका छन् |  

यसअघि इरानका राष्ट्रपति हसन रूहानीले पनि मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका थिए |इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्याको बदलामा तेहरानको तर्फबाट यही नै 'अन्तिम जवाफ' हुने राष्ट्रपति रूहानीको धारणा छ | त्यस्तै इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले मिसाइल आक्रमण गरेर अमेरिकाको 'गालामा थप्पड हानेको' बताएका थिए | अमेरिकी संचारमाध्यमका अनुसार तत्काललाई युद्धको सम्भावना हटेपनि भविष्यमा दुवै देशबिच फेरी तनाब बढ्न सक्ने स्थिति रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!