अमेरिकासँग बदला लिने इरानको सैन्य क्षमता कति छ ?

Posted on: 09 Jan, 2020

पुस २४, एजेन्सी | अमेरिका र इरानबिचको तनाब चुलिदै गएपछि दुवै देशलाई सम्यमता अपनाउन अन्य संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रहरुले पनि आग्रह गरेका छन् | दुई देशबीचको बढ्दो तनाबका कारण तेश्रो बिश्व युद्धको सम्भावना त छैन ? भन्ने प्रश्न खडा गरेको छ | विश्वभरिका मानिस नै यतीबेला त्रशित भएका छन् भने पेट्रोलियम पदार्थको मूल्य चार प्रतिशतले वृद्धि भइसकेको छ | 


गत शुक्रबार अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन् आक्रमणमा भएको हत्या पछि बदलामा इरानले पनि इराक स्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनौं  क्षेप्यास्त्र प्रहार गरेको छ |

फेरी अमेरिकाले आअक्र्मन् गरे दुबई र इजरायलमाथि  आक्रमण गर्ने चेतावनी समेत दिएको इरानसँग सैन्य क्षेमता कति छ ? के इरानले अमेरिकालाई धम्की दिनसक्छ त ? यस्ता प्रश्नहरुले आज सबै मानिसमा कैतुहलता सृजना गरेको छ |

विश्वका आणविक शक्ति भएका देश मध्ये एक हो इरान पनि | इरानसँग मध्येपूर्वी देशहरु मध्ये सबैभन्दा बढी आणविक हतियार रहेको अमेरिकी रक्षा विभागले जनाएको छ | अमेरिका जति मिसाइल प्रहार गर्ने क्षमता भने छैन |

सन् २०१५ को परमाणु सन्धिअनुसार ईरानले लामो दुरीको मिसाइल परीक्षण कार्यक्रम बन्द गरेको थियो | तर यसबाट के प्रस्ट हुन्छ भने उसँग छोटो र मध्यम दुरीको मिसाइल छ, जसले साउदी अरब र खाडीको कैयौँ देशलाई निसाना बनाउन सक्छ |


त्यस्तै ईरानले कैयौँ पटक ड्रोनको प्रयोग गरिसकेको छ | सन् २०१६ मा इराकमा इस्लामिक स्टेटविरुद्धको युद्धमा ड्रोनको प्रयोग भएको थि भने २०१९ मा ईरानले एक अमेरिकी ड्रोनलाई ड्रोनले नै प्रहार गरेर खसालेको थियो |

सन् २०१० ईरानको परमाणु संयन्त्रमा साइबर आक्रमणपछि अमेरिका समेत आश्चर्य भएको थियो | ईरानले साइबर जासुसीको लागि एअरस्पेस, प्राकृतिक संसाधन, टेलिकम्युनिकेशन कम्पनी र सुरक्षालाई लक्षित गरेको जनाइएको छ |


अमेरिकी राष्ट्रपतीको चुनावको क्रममा अमेरिकी अधिकारीहरुको अकाउन्ट नै ह्याक गर्ने प्रयास इरानिले गरेका थिए | इरानसँग साढे तीन लाख र इस्लामिक रिभोल्युशनरी गार्ड्सका डेढ लाख सैन्यकर्मी सामेल छ भने ईरानको सेनामा रिभोल्युशनरी गार्ड्सका २० हजार जल सेना रहेका छन् |


अमेरिकी प्रतिबन्धको बाबजुद ईरानले आफ्नो सेनाको लागि ड्रोन विकास गर्न सफल भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!