इरानका राष्ट्रपतिले दिए अमेरिकालाई यस्तो चेतावनी

Posted on: 10 Jan, 2020

पुस २५, एजेन्सी | इरानका राष्ट्रपति रुहानीले धम्की नदिन अमेरिकालाई चेतावनी दिएका छन् | अमेरिकाले इरानमाथि युक्रेनी विमान मिसाइल प्रहार गरि खसालेको आरोप लगाएपछि उनले उक्त चेतावनी दिंदै अमेरिकाले सन् १९८८ मा अमेरिकाले इरानी विमान खसालेको नबिर्सिएको बताएका हुन् | 

बुधबार इरानमा युक्रेनी विमान दुर्घटना भएको थियो | जसमा सवार १ सय ८० जना मध्ये ६३ जना  क्यानडाका नागरिक थिए | क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडेउले इरानले मिसाइल प्रहार गरेर खसालेको बताएका छन् | उक्त विमानलाई इरानले मिसायल प्रहार गरि खसालेको आरोप लागाएको छ | १९८८ मा इरानबाट दुबईका लागि उडेको विमान अमेरिकी नेभी अन्तर्गतको यूएसएस भिनसेन्सले क्रुज मिसाइल प्रहार गरी खसालेको इरानका राष्ट्रपति रुहानीले स्मरण गराएका छन् | उनले ट्वीट गर्दै भनेका छन्,"जसले 52 नम्बरलाई बुझाउँछन् उनीहरूले 290 नम्बर याद गर्नु पर्दछ | # IR655 ईरानी राष्ट्रलाई कहिले पनि धम्की नदिनुहोस् ।"

उक्त बिमान  पर्सियन गल्फ क्षेत्रमा खसालिएको थियो भने विमानमा २९० यात्रु सवार थिए | अमेरिकाले गरेको ड्रोन आक्रमणमा गत शुक्रबार इरानी सेना कमान्डर जनरल कासिम सुलेमानिको मृत्यु भएपछि दुवै देशबीच तनाब बढेको हो | बदलामा इरानले इराक स्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनौ क्षेप्यास्त्र प्रहार गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!