इरानमा सरकार बिरोधि प्रदर्शनका क्रममा ट्रम्पको यस्तो चेतावनी

Posted on: 13 Jan, 2020

पुस २८, एजेन्सी | अमेरिका र इरानबीच बढ्दै गएको तनाब फेरी चुलिएको छ | नेपाली समय अनुसार आइतबार राति मात्रै इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा चारवटा मिसाइल आक्रमण गरेको छ | इरानमा सरकार बिरोधि प्रदर्शन भइरहेका बेला इरान सरकारले अमेरिकी क्याम्पमा आक्रमण गरेको हो | 

गत बुधबार १ सय ७६ जना यात्रु वाहक युक्रेनको विमान खसालेको थियो | उक्त कुरा सरकारले झुटो बोलेको भन्दै हजारौं मानिस सरकारको बिरुद्धमा सडकमा उत्रिएका हुन् | यता अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले सरकार विरोधी प्रदर्शनलाई निकै नजिकबाट नियालिरहेको बताएका छन् |  ट्रम्पले प्रदर्शनबारे  ट्वीट गर्दै  भनेका छन्, ‘राष्ट्रिय सुरक्षा सल्लाहकारले नयाँ प्रतिबन्धका कारण इरान निस्सासिएको छ र उनीहरु सम्झौता गर्न बाध्य भएका छन् । वास्तवमा उनीहरुले सम्झौता गर्छन् गर्दैनन् भनेर मलाई कुनै चिन्ता छैन । तर इरानी नेतालाई सन्देश छ कि न त उनीहरुले प्रदर्शनकारीको हत्या गरोस् न नै परमाणु हतियार बनाओस् ।’

त्यस्तै ‘हजारौंको पहिले नै हत्या गरिसकिएको छ वा जेलमा हालिसकिएको छ, त्यो सारा संसारले देखिरहेकै छ । सबैभन्दा महत्वपूर्ण कुरा त अमेरिकाले पनि देखिरहेको छ । आफ्नो इन्टरनेट सुरु गर र पत्रकारलाई स्वतन्त्रतापूर्वक घुम्न देउ | आफ्ना महान इरानीको हत्या गर्न बन्द गर ।’भन्दै दोश्रो ट्वीट ट्रम्पले गरेका छन् |

जनवरी ३ मा अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमणमा हत्या गरेपछि आक्रमक बनेको इरानले ८ जनवरीमा इराकस्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार गर्यो | सोही दिन यात्रुवाहक युक्रेनको विमान पनि खसाल्यो | जुन कुरा इरानले स्वीकार गरेको थिएँन | पछि भूलवस मानवीय त्रुटी भएको भन्दै माफी माग्यो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!