अष्ट्रेलियामा भिषण आगलागी:जनावरलाई हेलिकप्टर मार्फत यसरी खानेकुरा खुवाइदै

Posted on: 13 Jan, 2020

पुस २८, एजेन्सी | लामो समय देखि लागेको भिषण आगलागीका कारण अष्ट्रेलिया अहिले निकै सोखमा डुबेको छ | जीवजन्तुको बिचल्ली भएको छ | लाखौ जनावरको मृत्यु भइसकेको छ | कारुणिक तस्बिर सामाजिक संजालमा निकै भाइरल भइरहेका छन् |


जीवजन्तुको यस्तो अवस्था देखेर मानिसलाइ निकै दुखि बनाएको छ | आगलागीबाट बाँचेका केहि जिवहरुलाई हेलिकप्टरबाट खानेकुरा दिन थालिएको छ | अस्ट्रेलियाको न्यू साउथ वेल्सको प्रान्तीय सरकारले आगलागीमा जोगिएका रक वालावी प्रजातिका जनावरका लागि आलु र गाँजर हेलिकप्टरबाट खसालेको हो |

Image may contain: people standing and outdoor

त्यँहाको  उर्जा र वातावरण मन्त्रालयका अनुसार झन्डै १ हजार किलोग्राम आलु र गाँजर खसालिसकिएको छ | लोपुन्मुख अवस्थामा रहेका  जनावरलाई जोगाउनको लागि उक्त रणनीति अपनाएको बातावरण मन्त्रालयले जनाएको छ |

No photo description available.

दुर्लभ अवस्थामा रहेको जीव कंगारूजस्तो देखिने रक वालावीको ठूलो संख्या आगलागीमा मारिएको जनाइएको छ | आगलागीबाट उनीहरुको बास्थान र चरण क्षेत्र नष्ट भएको छ | अष्ट्रेलियामा भएको भिषण आगलागीका कारण ५० करोड पशुपंक्षी मरेका छन् |

Image may contain: fire and outdoor

जलवायु परिवर्तनका कारण प्राय हरेक बर्ष गर्मी समयमा आगो लाग्ने गर्छ तर यसपालिको अस्ट्रेलियामा लागेको आगोले भयावह रुप लिएको छ | संसारलाइ नै भाबुक बनाउने तस्बिर एक साता अघि मात्रै सामाजिक संजालमा छाएका थिए |

No photo description available.

हजारौंको संख्यामा आगो निभाउनका लागि अग्नि नियन्त्रक खटिए पनि आगो निभ्ने कुनै सुरसार छैन | तातो हावाका कारण आगो निभाउन्मा समेत समस्या आइरहेको अन्तर्राष्टिय संचारमाध्यमहरुले जनाएका छन् |

No photo description available.

Image may contain: fire and outdoor

Image may contain: sky, outdoor and nature

यस बिषयमा तपाइको प्रतिक्रिया...!