अस्ट्रेलियाको डढेलोको धुवाँले विश्वलाई नै असर गर्ने नासाको टिप्पणी

Posted on: 14 Jan, 2020

पुस २९, एजेन्सी | अष्ट्रेलियामा भएको भषण आगलागीका कारण धुवाँले चाँडै पृथ्वीको एक चक्कर पूरा गर्न लागेको नासाले जनाएको छ | महिनौ देखि लागेको डढेलोको कारण  त्यसको धुवाँ प्रशान्त महासागरको आकास हुँदै अघि बढेको छ |


अस्ट्रेलियाबाट निस्किएको धुवाँ दक्षिण अमेरिकाको आकासमा पुगिसकेको र त्यसले गर्दा आकास अहिले कुहिरीमण्डल  बनेको नासाले जनाएको छ | जनवरी ८ भित्रै धुवाँ पृथ्वीको आधा भाग सम्म पुगिसकेको थियो | अमेरिकाको सरकारी अन्तरिक्ष एजेन्सी नासाका अनुसार ‘अस्ट्रेलियाको धुवाँले विश्वको कम्तीमा एक चक्कर लगाउने आँकलन छ, |

अस्ट्रेलिया भएको भिषण आगलागीका कारण  हालसम्म २८  जना मानिसको मृत्यु भइसकेको छ | भने २ हजारभन्दा बढी घर नष्ट भएका छन् | जलवायु परिवर्तनका कारण आगागी अझै बढ्ने विज्ञहरुको भनाइ छ |

धुवाँले यसरी लगायो विश्व चक्कर 

अष्ट्रेलियामा लागेको आगोको कारण असाधारण ठूलो’ ज्वाला उत्पन्न भयो र मेघयुक्त आँधी सिर्जित गराएको नासाले जनाएको छ | जसले गर्दा उक्त  धुवाँलाई वायुमण्डलको माथिल्लो भाग ‘स्ट्राटोस्फेयर’ सम्म पुर्‍यायो 

‘स्ट्राटोस्फेयर पुगेका धुवाँ हजारौँ किमि टाढासम्म यात्रा गर्न सक्छन् | यसले विश्वभरको वायुमण्डलीय अवस्थालाई असर पुर्‍याउन सक्ने नासाको भनाइ छ |

धुवाँले ‘वायुमण्डलमा पुर्‍याउने ठण्डा वा न्यायो असरबारे निश्चित गर्न’नासा अध्ययन गरिरहेको छ  |

अष्ट्रेलियामा अझै पनि आगो नियन्त्रणमा आउन सकेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!