ताइवानी राष्ट्रपतिले दिईन चीनलाई यस्तो चेतावनी

Posted on: 15 Jan, 2020

माघ १, एजेन्सी | ताइवानकि नवनिर्वाचित राष्ट्रपति साइ यिङ्ग वुनले बीबीसीलाई दिएको अन्तर्वार्तामा चीनले ताइवानलाई हमला गरे निकै महँगो मूल्य चुकाउनुपर्ने बताएकी छिन् | चीनले "वास्तविकताको सामना गर्न" तथा "ताइवानप्रति सम्मान दर्शाउन" आवश्यक भएको बताएकी हुन् |

चिनियाँ कम्युनिष्ट पार्टीले आवश्यक पर्दा ताइवानलाई बलपूर्वक सम्मिलित गर्ने अधिकार आफूसँग भएको बताएको छ  | आवश्यक पर्दा ताइवानलाई बलपूर्वक सम्मिलित गर्ने अधिकार आफूसँग भएको बताएको छ |यस्तै, साई ईंग वेनले ताइवानको सम्प्रभुतासँग कुनै पनि स्थितीमा सम्झौता गर्न नसकिने बताउँदै आएकी छिन् | निर्वाचित भएपछि बीबीसीसँगको विशेष अन्तर्वार्तामा ६३ वर्षीया राष्ट्रपति साइले ताइवानलाई एउटा स्वतन्त्र राज्य घोषणा गर्न आवश्यक नरहेको बताइन | उनले भनिन,'हामी पहिलादेखि नै एक स्वतन्त्र राष्ट्र हौं र आफूलाई रिपब्लिक अफ चाइना, ताइवान भन्छौं ।’

यस्ता अभिव्यक्तिले बेइजिङलाई क्रुद्ध बनाउन सक्छ जसले "एक चीन" नीतिलाई समर्थन गर्न उम्मेदवार खान ग्वो यीलाई राष्ट्रपतीय चुनावमा समर्थन गरेको थियो | राष्ट्रपति चुनावमा वेनका मुख्य प्रतिद्वन्द्वी खान ग्वो यी र उनको पार्टी कुओमिनटांग पनि एक चीन नीतिका समर्थक हुन्  |

चीनले एउटा मात्रै चीनियाँ सरकार भएको बताउँदै आएको छ र यो धारणालाई कूटनीतिक रुपमा स्विकार गर्नुलाई एक चीन नीति भनिन्छ | एक चीन नीतिलाई स्विकार गर्नुको अर्थ ताइवानलाई एक भिन्न देश नभई चीनको नै हिस्सा ठान्नु हो |

साई इंग–वेन चीन र ताइवानबीचको अहिलेको स्थितीलाई समर्थन गर्छिन् र चीनसँग नजिकको सम्बन्ध कुनै पनि अवस्थामा स्विकार्न चाहन्नन् । उनी हङ्गकङ्गको लोकतन्त्र समर्थक प्रदर्शनकारीहरुको पक्षमा छिन् |  "चीनले अतिक्रमण गर्न खोजे उसलाई त्यो निकै महँगो साबित हुनेछ।" र, चीन पनि एकदमै बदलिसकेको राष्ट्रपति साइको भनाई छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!