भारत र मलेसिया बीच तनाब बढ्दै, यस्तो भन्यो मलेसियाले

Posted on: 15 Jan, 2020

माघ १, एजेन्सी | मलेसिया र भारत बिचको तनाब बढ्दै गएको छ | जम्मु–कश्मीरलाई भारतीय संविधान अन्तर्गत दिइएको विशेष दर्जा खारेज गरिएको र नागरिकता संशोधन विधेयकका बारेमा मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले भारतको आलोचना गर्दै आएका छन् |

भारतले मलेसियाबाट पाम आयल आयातमा प्रतिबन्ध लगाएको भएपनि गलत कुरालाई गलत नै भन्नुपर्ने मलेसियाले बताएको हो | आफ्नो देशले आर्थिक नोक्सान भोग्नु परेपनि गलत कुराको बिरोध गर्न नछोड्ने मलेसियाका प्रधानमन्त्री महाथिरले  बताएका छन् | उनले भने,' ‘हाम्रो देशले वित्तीय नोक्सान उठाउनु परे पनि गलत कुराविरुद्ध बोल्न छाड्ने छैनौँ ।’

भारतले इन्डोनेसिया र मलेसियाबाट पाम आयल आयात गर्दै आएको छ | पाम आयल उत्पादनमा इन्डोनेसियापछि मलेसिया विश्वकै दोस्रो मुलुक मानिन्छ | भारतको विदेश मन्त्रालयले पाम आयलको आयात कुनै खास देशसँग जोडिन सक्दैन भनेको छ |

कुनै प्रकारको कारोबार दुवै देशको सम्बन्धमा निर्भर गर्ने भन्दै विदेश मन्त्रालयले यसकै आधारमा व्यापारिक सम्बन्ध पनि कायम हुने प्रष्ट पारेको छ | भारतले २०१९ मा  मलेसियाबाट  ४०.४ लाख टन पाम आयल  खरिद गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!