अमेरिका र चीनबीच नयाँ व्यापार सम्झौता

Posted on: 16 Jan, 2020

माघ २,एजेन्सी | अमेरिका र चिनबिच बहुप्रतीक्षित व्यापार सम्झौता भएको छ | वासिङ्गटन डिसीमा आयोजित विशेष समारोहमा व्यापार युद्धलाई सहज बनाउने उद्धेश्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको हो | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता 'महत्वपूर्ण' भएको बताएका छन् | 

चीनले अमेरिकी आयातमा २०० बिलियन डलरको बृद्धि गर्ने र बौद्धिक सम्पत्ति नियमहरूलाई सुदृढ पार्ने प्रतिबद्धता सम्झौतामा गरिएको छ | युएस चेम्बर अफ कमर्सका चाइना सेन्टरका अध्यक्ष जेरेमी वाटरम्यानले भने,‘यहाँ अगाडि बढ्नुपर्ने अझै धेरै कामहरू छन् |'

सम्झौतालाई राष्ट्रपति ट्रम्पले  ‘ऐतिहासिक सम्झौता’ भनेका छन् | उनले भने,हामी सँगसँगै विगतको गल्तीहरूलाई सही गर्दैछौं र आर्थिक न्याय र सुरक्षा को भविष्य प्रदान गर्दैछौं’| २०१८ देखि  अमेरिका र चिनबिचको ब्यापार युद्ध चल्दै आएको छ |

विश्व अर्थतन्त्रलाई समेत प्रभाव पारि रहेको दुइ देशबीचको व्यापारिक सम्झौता भएको छ | अमेरिकाले बौद्धिक सम्पत्ति र बढी अमेरिकी सामानहरू किन्ने प्रतिबद्धताबारे चीनले गरेका प्रतिज्ञाहरूको बदलामा केही थप शुल्कहरू आधा हुने कुरामा सहमति जनाएको छ।

सम्झौताले  विश्वका दुई ठूला अर्थतन्त्रहरूलाई  विकासको ट्र्याकमा ल्याउने विश्वास गरिएको छ | पहिलो चरणको उक्त सम्झौता दुबै देशको हितमा रहेको समेत बताइएको छ |  सम्झौतामा अमेरिकाले १२० अर्ब डलरको चिनियाँ उत्पादनको ट्यारिफ १५ प्रतिशतबाट ७.५ प्रतिशतमा घटाउने कुरामा सहमति जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!