विश्वका शक्तिशाली देशसँग क्षेप्यास्त्र क्षमता कति छ ? यी हुन् खतरानक क्षेप्यास्त्र भएका देश

Posted on: 17 Jan, 2020

माघ ३, एजेन्सी | संसारका विकसित र धनी मानिने मुलुको क्षेप्यास्त्र हान्न सक्ने क्षमता कति छ भन्नेबारे सबैको चासोको बिषय नै हो | हालै अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमणमा हत्या गरेपछि बदलामा इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरको थियो जसबाट विश्वलाई नै त्रसित बनेको थियो |

संसारलाई नै एकै चोटि सत्यानाश बनाउन सक्ने एउटा हतियार हो क्षेप्यास्त्र,जसले विश्वलाई नै आज निकै चुनौती दिइरहेको छ | विकशित देशहरु आज यस्तै शक्ति निर्माणमा लागेका छन् | विकशित देश मात्र होइन आफ्नो अर्थतन्त्र कम्जोर भएका मुलुकहरु पनि मिसाइल निर्माणमा अर्बौ खर्च गरिरहेका छन् | आधुनिक सैन्य शक्तिको रुपमा प्रयोग गरि कुनै पनि देशले आफ्नो राष्ट्रियता रक्षाका लागि यस्ता खाले गतिविधि गर्दै आएका छन् |

विश्वमा मिसाइल क्षमताको  हिसाबले तुलना गर्ने हो भने पाँच वटा देशहरु त निकै शक्तिशाली छन् | तिनीहरुले आफ्नो देशबाट संसारको जुनसुकै कुनामा पनि मिसाइल हानेर  विध्वंश मच्चाउने क्षमता भएका छन् | रुस, अमेरिका, चीन, बेलायत र फ्रान्स यी देश विश्वका निकै शक्तिशाली राष्ट्रहरुमा पर्दछन |

यी देश पछि सबैभन्दा ठूलो मिसाइल क्षमता भएको देश उत्तर कोरियालाई लीने गिएको छ | अमेरिलाई समेत चुनौती दिने हिसाबले उत्तर कोरियाले यस्ता गतिविधि र प्रविधिको विकास गरिसकेको छ | सन् १९० मा ७४५ माइलसम्म मात्रै मारक क्षमता रहेको उत्तर कोरियाले अहिले ८ हजार माइलसम्म प्रहार गर्न सक्ने भएको छ | उत्तर कोरियाले आफ्नो प्रमुख सत्रु मान्दै आएको देश अमेरिकासम्म क्षेप्यास्त्र हान्न सक्ने क्षमता छ | यो देशले आफ्नो मिसाइलको मारक क्षमता मात्रै हैन, सही निशाना लगाउने क्षमतामा पनि विकास गरिसकेको छ |


त्यस्तै अमेरिकाको सहयोग रहेको दक्षिण कोरिया पनि क्षेप्यास्त्र क्षमतामा बलियो छ | दक्षिण कोरियाले उत्तर कोरियाको जुनसुकै क्षेत्रमा पनि मिसाइल प्रहार गर्न सक्छ  | त्यसपछि  इजरायल, भारत, सउदी अरेबिया, इरान, पाकिस्तानको मिसाइल क्षमता पनि राम्रै छ |

अमेरिकाको समर्थन रहेको इजरायल र सउदी अरेबियाले सन् १९९० को दशकदेखि नै इरानमा समेत मिसाइल प्रहार गर्ने क्षमता राख्दै आएका छन् | तर इरानले पनि आफ्नो  मिसाइल क्षमता निकै शक्तिशालि बनाएको छ |  इरानलाई मिसाइल प्रविधिमा उत्तर कोरियाले सहयोग गरेको भन्ने गरिन्छ |


त्यस्तै भारतले  पनि पाकिस्तान र चीनको ठूलो भूभागमा मिसाइल प्रहार गर्न  सक्ने क्षमता बनाइ सकेको छ | भारतले रुसको सहयोगमा आफ्नो मिसाइल क्षमता बढाएको छ भने पाकिस्तानले पनि आफ्नो शक्ति बढाएको छ | पाक्स्तानलाई चिनको सहायोग रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!