पब्जी खेल्दाखेल्दै हृदयघात भएर एक युवकको मृत्यु

Posted on: 19 Jan, 2020

माघ ५, एजेन्सी | गत बिहीबार भारतका एक युवकको पबजी खेल्दा खेल्दै हृदयघात भएर ज्यान गएको छ | पब्जी खल्ने क्रममै ह्रदयघात भएका उनलाई अस्पताल पुर्याएको थियो | उनको उपचारको क्रममा शनिबार निधन भएको हो |

देवीदास नामका २७ वर्षीय युवकलाई पबजीको लत लागेको थियो | छोटकरीमा पबजी भनेर चिनिने प्लेयर्स अन्नोन्स ब्याटलग्राउण्डस्  नामक उक्त खेल हिंसाजन्य सामग्रीमा आधारित छ | उनका  खेलका क्रममा अधिक उत्साहित हुँदा हर्सलका शरीरका नसाहरू तन्कन पुगेको चिकित्सकहरुले बताएका छन् |

 रक्तसञ्चारमा अनियमितता उत्पन्न भएर ह्रदयघात  भएको उनीहरुको बनाई छ | पबजीको लत लागेपछि उनी दुई वर्षयता काम छाडेर घरमै बस्दै आएको उनका अभिभावकहरूले समेत् बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!