भारतको मुम्बई अब २४ सैं घण्टा खुला रहने

Posted on: 19 Jan, 2020

माघ ५, एजेन्सी | भारतको सहर मुम्बई अब २४सैं घण्टा र हप्ताको सातै दिन  खुला रहने भएको छ | सहरका सपिङ महल, सिनेमा घर, होटल लगायतका सबै पसलको सुविधा जुनसुकै समयमा दिउसो जसरि नै राति पनि पाइने भएको छ |

भारतीय संचार माध्यमका अनुसार बृहन्मुम्बई महानगरपालिकाले मल्टीप्लेक्स र होटल २४सैं घण्टा सातै दिन खुल्ने स्वीकृति दिएको छ | पर्यटनमन्त्री आदित्य ठाकरेले मुम्बईको थिएटर, मल र होटल हप्ताको सातै दिन खोल्न बताएका हुन् |

रोजगारीको अवसर बढ्ने भएकाले सहर २४सैं घण्टा खुला गर्न लागिएको उनको दाबी छ | सन् २०१७ देखि नै भारतमा यस विषमा बहस सुरु भएपनि २६ जनवरीदेखि  उक्त नियम लागु हुने संचारमाध्यमहरुले जनाएका छन् |

सरकारको यो निर्णयले मुम्बईका व्यापारीहरु भने खुसि भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!