अष्ट्रेलियामा धुलोको आँधीले दिउँसै अध्यारो,अझै बढ्न सक्ने चेतावनी

Posted on: 21 Jan, 2020

माघ ७, एजेन्सी | अष्ट्रेलियामा धुलोको मुस्लोसहित आँधीका कारण न्यू साउथ वेल्स राज्य  दिउँसै अँध्यारो भएको छ | मौसम विभागका अनुसार पाक्र्स शहरमा हावाको गती ९४ किलोमिटर प्रतिघण्टा रहेको छ | भने आइतबार न्यू साउथ वेल्सको मध्य, उत्तरी र पूर्वी हिस्सामा वर्षा पनि भएको छ |

आपतकालीन सेवामा उद्दारका लागि  १ हजार ४ सय ५३ फोन  आएको ब्ताइएको छ | जसमध्ये हजार बढी फोनमा भवन ध्वस्त भएको जानकारी दिइएको  थियो | भिक्टोरियाको पूर्वी गिप्सल्याण्डमा सबैभन्दा धेरै ५६.६ मिमी वर्षा भएको छ |

 मेलबर्नको उत्तर–पूर्वमा मेघ गर्जनसहित तेज गतिमा आँधी  चलेको छ | भिक्टोरियाको आपतकालीन सेवा मन्त्री लिसा नेविलले अझै बाढी र तीब्र गतीको आँधी आउँ सक्ने चेतावनी दिएको छ | आइतबार भिक्टोरियामा चेतावनी जारी गर्दै  १४ स्थानमा डढेलो लागेको ब्ताइएको छ |

डढेलोको कारण ज्यानको खतरा भन्दै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!