कोरोना भाइरस मानिस–मानिसबीच पनि सर्न सक्ने,विश्वभर फैलिने खतरा

Posted on: 21 Jan, 2020

माघ ७, एजेन्सी | कोरोना भाइरस मानिसबाट मानिसमा फैलन सक्ने खतरा बढेको छ | व्यापक रुपमा चिनमा  फैलिइरहेको कोरोना भाइरसले चीनमा अर्का एकजनाको पनि ज्यान गएको छ | हाल सम्म यो भाइरसबाट चार जनाले ज्यान गुमाइसकेका छन् |

सुरुमा निमोनियाको लक्षण देखिएको र कोरोना भाइरसबाट ८९ वर्षीयको ज्यान गएको अधिकारीहरुले बताएका छन् |  बेइजिङ र शङ्घाईसहित चीनका प्रमुख शहरहरुमा दुई सय जनाभन्दा बढी मानिसमा कोरोला भाइरसको संकर्मन देखिएको छ |

चीनको गुवाङ्गदोङ्ग प्रान्तमा सङ्क्रमणको दुई वटा घटना मानिस–मानिसबीच प्रसारणको कारण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले  पुष्टि गरेको छ | वुहानमा कम्तीमा १५ जना चिकित्सा कर्मचारीलाई समेत उक्त भाइरसले सङ्क्रमण गरिसकेको वुहान म्युनिसिपल हेल्थ कमिसनले  जनाएको छ |

भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचारको क्रममा सबैलाई छुट्टाछुट्टै राखिएको छ | चार एसियाली देशमा समेत यो भाइरस देखिएको छ | जापान र थाइल्याण्डपछि दक्षिण कोरिया समेत यो भाइरस पुगिसकेको छ | यो भाइरस श्वासप्रश्वाससम्बन्धी समस्याको कारण बन्ने गर्दछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!