उडिरहेको जहाँजको इन्जिन नै बन्द भएपछि...

Posted on: 24 Jan, 2020

माघ १०, एजेन्सी | भारतमा २३ हजार फिटको उचाइमा उडिरहेको विमानको इन्जिन बन्द भएको छ |  मुम्बईबाट हैदरावादका लागि उडेको इन्डियो एयरलाइन्सको एक विमानको उडीरहेकै अवस्थामा इन्जिन बन्द भएको भारतीय संचारमाध्यमले जनाएका छन् | 

बिहिबार राति जहाज उडेको केहि समयमै इन्जिन बन्द  भएपछि यात्रुहरु सबै त्रसित भएका छन् | इन्डिगोको ‘६ई–५३८४’ विमानको इन्जिनबाट आवाज आएपछि तत्काल पाइलटले उक्त इन्जिनलाई बन्द गरेको बताइएको छ |

पाइलटले  एक इन्जिन बन्द भएपछि अर्का अर्को इन्जिनले अचानक  विमानलाई नियन्त्रणमा लिई आपतकालीन अवतरण गरेका थिए | राति १ बजेर ३९ मिनेटमा विमानलाई मुम्बई विमानस्थलमा सुरक्षित अवतरण गराइएको भारतीय मिडियाहरुले बताएका छन् |

अवतरणपछि विमानमा इन्जिन नम्बर १ को ‘लो प्रेसर टर्बाइन नम्बर ३’मा खराबी आएको प्राविधिक टोलीले बताएका छन् | विमानमा १५ जना यात्रु थिए | इन्डिगोको नियो श्रेणीको विमानमा यस्तो समस्या विगत दुई वर्षमा २२ पटक भइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!