टर्कीमा शक्तिशाली भूकम्पको धक्का, २९ को मृत्यु, १४ सय बढी घाइते

Posted on: 26 Jan, 2020

माघ १२, एजेन्सी | टर्कीमा शक्तिशाली भूकम्प गएको छ |  भूकम्पमा परि कम्तीमा २९ जनाको मृत्यु  भएको छ भने १४ सय भन्दा बढी मानिसहरू घाइते भएका छन् | पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाएर ६.८ रेक्टर स्केलको  भूकम्प गएको हो |

भूकम्पमा पुरिएका ४३ जनालाई उद्धार गरिएको छ भने २० जना अझै भूकम्पबाट भत्केका घरको भग्नावेशमा थुनिएको आशंका गरिएको बिबिसीले जनाएको छ | टर्कीमा  सन् १९९९ मा पश्चिमी शहर इज्मिटमा गएको भूकम्पमा परि १७ हजार मानिसको मृत्यु भएको थियो |

शुक्रबार स्थानीय समय अनुसार ८ बजेर ५५ मिनेट जाँदा उक्त भूकम्प गएको हो | भूकम्पको धक्का छिमेकि मुलुक सिरिया, लेबनान तथा इरानसम्म महशुस गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!