अमेरिकीहरू सवार विमान तालिवानले खसालेको दाबि,सबै यात्रुको मृत्यु

Posted on: 28 Jan, 2020

माघ १४, एजेन्सी | सोमबार अफगानिस्तानमा विदेशी कम्पनीको विमान तालिवान समूहले खसालेको बताएको छ | स्थानीय समय अनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा विमान दुर्घटनाग्रस्त भएको स्थानीयले बताएका छन् |

अधिकारीका अनुसार दुर्घटनाग्रस्त विमान सेनाको हुनसक्ने आशंका गरीए पनि  पुष्टि भने भइसकेको छैन | उक्त क्षेत्रमा  तालिवान विद्रोहीको प्रभाव रहँदै आएको छ | दुर्घटनाग्रस्त विमान विदेशी विमान कम्पनीको भएको र  यसलाई पुष्टि गर्ने आधारहरूको खोजी भइरहेको संचारमाध्यमसंग कुरा गर्दै गभर्नर वाहिदुल्ला कालिमजाईले बताएका छन् |

विमानमा कति जना यात्रु सवार थिए भन्ने पनि खुल्न सकेको छैन | विद्रोहीको प्रभावका कारण सरकारी अधिकारीलाई त्यहाँ पुग्न कठिनाई भएको बताइएको छ | अफगानी तालिवान समूहले भने विमान आफूहरूले खसालेको बताएको छ | 

अमेरिकीहरू सवार रहेको उक्त विमान आफुहरुले खसालेको भन्दै जाविहुल्ला मुजाहिदले पास्तो भाषामा विज्ञप्ति जारी गरेका छन् | विमानमा सवार सबैजनाको मृत्यु भएको विज्ञप्तिमा बाताइएको छ | यसबारे अफगानिस्तानमा तैनाद नेटो सैनिकले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!