चिनको चमत्कार: पाँच दिनमै अस्पताल खडा गरेपछि विश्व नै चकित

Posted on: 29 Jan, 2020

माघ १५, एजेन्सी | चिनमा देखा परेको कोरोना भाइरसले महामारीको रुप लिएपछि निर्माण सुरु गरेको पाँच दिन भित्रै अस्पतालमा उपचार थालिएको छ | यस अघि चिनले सात दिनमा अस्पताल निर्माण गरेको थियो | उक्त रेकर्डलाई तोड्दै बिहिबार एक हप्तामा निर्माण संम्पन्न गर्ने प्रतिबद्धता जनाएको चिनले निर्धारित समय भन्दा एक दिन अगाडिनै सकेको हो |


कोरोना भाइरसका बिरामी राख्नाकालागी ब्नाइएको अस्पताल मंगलबार देखि संचालनमा आएको छ | उक्त अस्पताल एक हजार शैय्याको निर्माण गरिएको छ | चिनको वुहान प्रान्तमा बनेको उक्त अस्पताल निर्माण गर्ने सबैलाई अधिकारीहरुले धन्यवाद दिएका छन् | कदिनमै भवन ठड्याइएको अस्पताल निर्माणमा कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटेर काम गरेका थिए | मंगलबार देखिनै कोरोना भाइरसका बिरामीलाई नयाँ निर्मित अस्पतालमा लगेर उपचार गराइएको छ |


निर्माण कार्य  दुई दिनमै  सकिएको र अस्पतालको उपकरण जडान लगायत अन्य काम गर्न तिन दिन लागेको बताइएको छ | ह्वाङगाङका अधिकारीहरुका अनुसार अस्पतालमा  पानी, बिजुली र इन्टरनेट समेत जडान गरिएको छ |

२४ सै घण्टा ५०० भन्दा बढी कामदारहरु र दर्जनौं डोजर र स्काइभेटरहरुले अस्पताल निर्माणमा काम गरेका थिए | चिनले यस अघि सन् २००३ सार्सको संक्रमण फैलिएका बेला बेइजिङमा सात दिनमा नयाँ अस्पताल निर्माण गरेको थियो | हाल विश्व भरिनै फैलिरहेको कोरोना भाइरसबाट चिनमा  १३२ जनाको ज्यान गइसकेको छ | भने ६ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!