चीनमा कोरोना भाइरस संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा

Posted on: 03 Feb, 2020

माघ २०, एजेन्सी | यतिबेला चिनबाट सुरु भएको कोरोना भाइरसले महामारीको रुप लिएको छ | चीनको उत्तरपूर्वी प्रान्त हेलङजियाङस्थित अरबिन सहरकी कोरोना भाइरसबाट संक्रमित एक गर्भवती महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् |

बिहिबार देखि ति महिला बिरामी परेपछि अस्पताल भर्ना भएकी थिईन | परिक्षणपछि उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो | त्यसपछि चिकित्सकले भाइरस गर्भसम्म फैलिने डरमा ३८औं हप्ता पुगेको महिलाको गर्भलाई सोही दिन अपरेसन(सी सेक्सन विधि)गर्ने निर्णय गरे | अपरेसनपछि तीन किलोको स्वास्थ्य छोरी जन्मिएकी र उनी पूर्णरुपमा संक्रमणमुक्त रहेको अस्पतालका उपाध्यक्ष ना हुईले जनाएका छन् |

शुक्रबार र शनिबार गरिएको परीक्षणमा शिशुमा कोरोनाभाइरस नेगेटिभ पाइएको छ | नेपाल सहित विश्वका दुई दर्जन भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!