भाइरल ज्वरोका बिरामीले गरे कोरोना भाइरसको आशंकामा आत्महत्या

Posted on: 12 Feb, 2020

माघ २९, एजेन्सी | चिनको हुवानबाट फैलिएको कोरोना भाइरसका कारण विश्व भरी नै त्रास बढेको छ |  भारतको आन्ध्र प्रदेशमा  ५० वर्षीय एक व्यक्तिले कोरोना भाइरसद्वारा संक्रमित भएको शंकामा पासो लगाएर आत्महत्या गरेका छन् |

भारतीय संचारमाध्यमका अनुसार उनले आफ्नी श्रीमती र बच्चाहरुलाई उक्त भाइरसको संक्रमण नहोस भन्ने मानसिकताका साथमा आत्महत्या गरेका हुन् | बाला कृष्णाहद नाम गरेका ति व्यक्तिलाई  भाइरल ज्वरो आइरहेको थियो | 

उनले सोहि समयमा इन्टरनेटमा कोरोना भाइरस सम्बन्धि भिडियो हेरेका थिए | त्यसपछि आफुलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गर्दै उनले आत्म हत्या गरे | तर परिक्षणका क्रममा उनलाई कोरोना भाइरस नदेखिएको डाक्टरको भनाइ छ | 

तिरुपतीका डाक्टरले परिक्षण गर्दा कोरोनाको कुनै पनि लक्षण नभेटेको भारतीय संचार माध्यमले  जनाएका छन् | उनी सामान्य भाइरल ज्वरोबाट ग्रस्त भएको डाक्टरले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!