अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फागुन १२ गते भारत भ्रमण आउँदै

Posted on: 12 Feb, 2020

माघ २९, एजेन्सी | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फागुन १२ गते भारत भ्रमणमा आउने भएका छन् | भारतका प्रेस सचिवद्वारा जारी वक्तव्यमा ट्रम्प २४–२५(फागुन १२–१३) फेब्रुअरीको दिन भारतआउने बताएका छन् |

राष्ट्रपतिसँग उनको पत्नी मेलानिया पनि आउनेछिन् | भारत यात्राको दौरान ट्रम्प दिल्ली र अहमदावादको भ्रमण गर्नेछन् | अमेरिकी सरकारको तर्फबाट जारी गरिएको बयानमा अघिल्लोहप्ता राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच फोनमा कुराकानी भएको थियो |

भ्रमणमा दुई देशका नेताले भारत र अमेरिकाको जनताबीच सम्बन्ध अभिवृद्धि गर्ने र दुवै देशबीच रणनीतिक साझेदारी थप बलियो बनाउने सहमति जनाउने बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!