इराक स्थित अमेरिकी सैन्य बेसमा रकेट आक्रमण

Posted on: 14 Feb, 2020

माघ २, एजेन्सी | इराक स्थित अमेरिकी सैन्य क्याम्पमा फेरी रकेट आक्रमण भएको छ | एएफपीका अनुसार घटनामा कुनै हताहती भने भएको छैन | बिहीबार राति करिब ८ बजेर ४५ मिनेटमा के–वान बेसमा रकेट आक्रमण भएको अलजजिराकाले जनाएको छ |

उक्त आक्रमण लगत्तै अमेरिकी सेनाको विमानले सो क्षेत्रमा गस्ती सुरु गरेको थियो | सन् २०१९ को डिसेम्बर २७ मा एकैपटक ३० वटा रकेट प्रहार हुँदा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो | त्यसपछि उक्त बेसमा यो पहिलोपटक हमला भएको हो | 

वासिङटनले भने उक्त आरोप इराकमाथि लगाएको थियो | अमेरिकाले उक्त आक्रमणको जवाफी कारवाही गर्दा २५ काइताब हजबुल्लाह लडाकु मारिएका थिए | केही दिनपछि अमेरिकाले इस्लामिक रेभुलुसनरी गार्ड कर्प्स (आईआरजीसी) कुड्स फोर्सका जनरल कासेम सुलेमानी तथा काइताब हजबुल्लाहका संस्थापक अबु महदी अल मुहान्दिसको ड्रोन हमला गरी हत्या गरेको थियो |

सुलेमानिकै ह्त्त्याको बिरुद्धमा इक्त आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ | सुलेमानी र महदीको हत्यापछि इराकी सांसदले जनवरी ३ मा इराकमा रहेका ५ हजार अमेरिकी सेनालाई त्यहाँबाट हट्न मतदान गरेको थियो | तर अमेरिकी सेना इराकमा तैनाथ रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!