इराकस्थित अमेरिकी दूतावासलाई निसाना बनाएर फेरि रकेट आक्रमण

Posted on: 16 Feb, 2020

फागुन ४, एजेन्सी | इराकको राजधानी बग्दादस्थित अमेरिकी दुतावासलाई निसाना बनाएर रकेट हमला भएको छ | हालसम्म कति रकेट प्रहार भयो र के कति क्षेती भयो भन्ने पुष्टि भइसकेको छैन | अमेरिकी सेनाका अनुसार अमेरिकाको सम्पतिमाथि क्षेती पुर्याउनका लागि उक्त रकेट आक्रमण गरिएको हो |

ग्रीन जोन नजिक एअरक्राफ्ट सर्किलिंग नजिक कैयौँ विस्फोटको आवाज सुनेको एएफपीका सम्वाददाताले बताएका छन् | यस अघि पनि अमेरिकी दुतावासलाई निसान बनाएर आक्रमण हुँदै आएको थियो | गएको महिना उत्तरी इराकमा भएको यस्तै आक्रमणमा अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो । त्यसपछि अमेरिकाले गरेको कारबाहीमा २५ जना लडाकु मारिएका थिए |

अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमणमा हत्या गरेपछि दुई देशबीचको तनाब चुलिदै गएको थियो | बदलामा इराकमा रहेको अमेरिकी बेस क्याम्पमा इराकले दर्जनौं रकेट हमला गरेको थियो |

पछिल्लो समय दुई देशबीच बढेको उत्कर्षलाई लिएर इरानले नै फेरी आक्रमण गरेको हुन् सक्ने आशंका गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!