Covid-19 अपडेट: चीन संक्रमणको विश्व आंकडाबाट पहिलोबाट तेश्रो स्थानमा झर्यो

Posted on: 27 Mar, 2020

चैत १४, काठमाडौँ | चीनबाट फैलिएर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको स्थितिलाई चीनले स्थिर बनाएपछि अमेरिका र इटाली क्रमश महामारीको इपिसेन्टर बनेका छन् । 

पछिल्लो २४ घण्टाको अपडेटसंगै अमेरिका कोरोना संक्रमणको पहिलो स्थितिमा पुगेको छ भने इटाली दोश्रो स्थानमा छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको संक्रमणको शंख्या ९३ हजार ३२९ पुगेको छ भने इटालीमा संक्रमितको शंख्या ८६ हजार ४९८ पुगेको छ । तेश्रो स्थानमा झरेको चीनमा संक्रमितको शंख्या ८१ हजार ३४० पुगेको छ । 

अमेरिकामा पछील्लो अपडेट अनुसार अमेरिकाको न्युयोर्कमा मात्र एकै दिन ५ हजार ६५८ संक्रमित भेटिएका छन् । न्युयोर्क सहरमा हालसम्म ४४ हजार ६३५ संक्रमित भेटिएका मध्ये ५१९ जनाको ज्यान गईसकेको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको शंख्या ५ लाख ७५ हजार ६२ पुगेको छ । हालसम्म २६ हजार ३६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भईसकेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!