ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण, १५ मिनेटमै नतिजा

Posted on: 03 Apr, 2020

चैत २१, काठमाडौँ | वासिङ्टन, २१ चैत (रासस–एएनआई) | संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । 

ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिनुभयो । उहाँले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तिब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताउनुभयो । 

फिचिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिनुभयो । 

कोरोनाभाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताउनुभयो । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।

संयुक्तराज्य अमेरिका अहिले कोरोनाभाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा छ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!