भारतमा कोरोनाबाट मृत्यु हुनेको शंख्या ८७ पुग्यो, ३२ सय बढी सङ्क्रमित

Posted on: 04 Apr, 2020

चैत २२, काठमाडौँ | भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ८७ पुगेको छ । 

आजको विवरण अझै आउन बाँकी छँदा भारतमा आजको १२१ नयाँ संक्रमित सहित संक्रमण हुनेकोकुल शंख्या ३ हजार २२९ पुगेको हो । भारतमा कोरोना सम्बन्धि अपडेट दिने एक वेबसाइटका अनुसार सङ्क्रमित भई निको हुनेको सङ्ख्या भने २२९ जना छन् । सङ्क्रमितको सङ्ख्यामा पनि पछिल्लो २४ घण्टामा ६०० भन्दा बढी बृद्धि भएको सरकारी तथ्याङ्कले समेत पुष्टि गरेको छ । 

अहिलेसम्मको विवरणबाट सवैभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या महाराष्ट्रमा रहेको देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म २६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । जहाँ संक्रमितको शंख्या समेत ५३७ पुगेको छ ।  

त्यसपछि धेरै संक्रमितको शंख्या तमिल नाडूमा छन्, जहाँ ४११ जनालाई कोरोना संक्रमण भेटिएको छ । त्यस्तै तेश्रो स्थानमा रहेको दिल्लीमा हालसम्म ३८६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

तल भारतको मुख्य १० राज्यमा कोरोना संक्रमितको स्थिति हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!