भारतको एकै अस्पतालका २६ नर्स र तीन डाक्टरमा कोरोना संक्रमण

Posted on: 06 Apr, 2020

चैत २४, एजेन्सी | भारतको मुम्बई स्थित एक अस्पतालमा कोरोना भाइरसबाट २६ नर्स र तीन डाक्टर संक्रमित भएका छन् । सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको पुष्टि भएको हो ।

अस्पतालमा कार्यरत नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्द गरिदिएको छ।

बृहतमुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी कोरोना फैलियो भनेर अनुसन्धान गर्न समिति समेत बनाएको छ । मार्च २७ मा हृदयघात भएर आएका एक जना ७० वर्षीय वृद्धबाट कोरोना भाइरस फैलिएको हुनसक्ने अनुमान गरिएको छ। ती वृद्धलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। उनको उपचारमा संलग्न दुई नर्सलाई पछि कोरोना  पुष्टि भएको थियो।

संक्रमण देखिएका दुई जना डाक्टरलाई बाहिरका अस्पतालमा भर्ना गरिएको छ। पछिल्लो समय महाराष्ट्र कोरोना संक्रमितको संख्या ७४८ पुगेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!