बाबा रामदेवद्वारा कोरोना निको पार्ने औषधि सार्वजनिक, १०० जनामा परीक्षण गर्दा ७ दिनमै सबै निको भए

Posted on: 23 Jun, 2020

असार ९, काठमाडौँ | भारतीय योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदले कोरोना भाइरसविरुद्ध औषधि बनाएको दाबी गरेको छ । जडीबुटीबाट बनाइएको यो औषधिको नाम कोरोनिल राखिएको छ । सोमबार हरिद्वारमा एक कार्यक्रम गरी रामदवले यो औषधि सार्वजनिक गरेका हुन् ।  

यो औषधि दिल्लीलगायत भारतका कैयौं सहरमा कोरोना संक्रमण भएका २ सय ८० बिरामीमा परीक्षण गरिएको र यस क्रममा शतप्रतिशत बिरामी निको भएको उनको दाबी छ ।  

औषधिको प्रयोगबाट ३ देखि १४ दिनसम्म कोरोनाका सबै लक्षण निको पारिएको रामदेवले बताएका छन् ।  


उनका अनुसार दोस्रो चरणमा क्लिनिकल नियन्त्रण परीक्षण गरिएको थियो । यसमा सय मानिस सहभागी गराइएको थियो ।  यस चरणमा ३ दिनमा ६९ प्रतिशत बिरामी निको भएको उनको दाबी छ ।  

औषधि बनाउने क्रममा सबै वैज्ञानिक नियम पालना गरिएको दाबी उनको छ । मुलेठी, अश्वगन्धा, तुलसीलगायत जडीबुटी मिश्रण गरी यो औषधि बनाएको रामदेवको भनाइ छ । 

बाबा रामदेवको दावी छ कि १०० जना कोरोना संक्रमितमा औषधिको परीक्षण गर्दा ३ दिन भित्र ६९ प्रतिशत रोगी कोरोना मुक्त भएका छन् ।  साथै ७ दिनमा सबै परीक्षण गरिएका बिरामीहरु निको भएका छन् ।  उनले दावी गर्दै भने 'हाम्रो औषधिले १०० प्रतिशत विरामी निको हुन्छन् मृत्युदर सुन्य छ ।'  पत्रकार सम्मेलनमा योग गुरु रामदेवले भने अनुसार उक्त औषधि बनाउनमा सबै स्वदेशी सामान प्रयोग गरिएको छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!