भारतमा 'टिकटक' व्याण्ड भएपछि...

Posted on: 30 Jun, 2020

असार १६, काठमाडौँ | भारत सरकारले चीनीया एप 'टिकटक' सहित ५९ मोबाइल एप बन्द गरेपछि त्यसको कार्यान्वयन हुनथालेको छ । प्रयोगकर्ताले टिकटक चलाउँदा अब त्यसले काम गर्न छाडेको छ । आईफोनमा यस ऐपमा भिडीयोहरु लोड हुन छाडेका छन् । भिडियो लोड गर्दा एउटा नोटिस देखाउन थालेको छ । 


भारत सरकारले सोमवार TikTok सहित ५९ चीनीया ऐप्समा प्रतिबन्ध गर्नको लागि अपिल गरेको थियो लगतै त्यसको असर देखिन थालेका छन् । ब्याण्ड गरिएका अधिकांश एपले काम गर्न समेत छाडेका छन् । भारतमा मंगलबार बिहानै देखि ब्याण्ड गरिएका ऐप्सलाई गूगल प्ले स्टोर र ऐप स्टोरमा देखाउन छाडेको छ । सोमबार टिकटक बन्द गरेपनि मंगलबार विहानसम्म चलेको थियो तर मंगलबार भारतमा अधिकांश इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सरकारको आदेश पालना गर्दै TikTok लगायत अन्य एपले काम नगर्ने बनाइएको छ ।


यस अघि भारतमा जब टिकटकलाई प्रतिबन्ध लागेको थियो तब प्रयोगकर्ताको स्मार्टफोनमा पहिले इन्स्टल गरेको ऐपले काम गरिरहेको थियो तर अहिले टेलिकम कम्पनीहरु र इन्टरनेट सेवा प्रदायकहरुले ब्लक नै गरेका गरिदिएका छन् । जसको कारण एपले काम नै गर्न थालेको छ । 

TikTok खोल्ने बित्तिकै देखिने वाल नोटिसमा लेखिएको छ 'भारत सरकारद्वारा ५९ एप्स ब्लक गरिएको छ । सबै प्रयोगकर्ताको प्राइभेसी र सुरक्षा सुनिश्चित गर्नु हाम्रो पहिलो प्राथमिकता हो ।'

भारतले टिकटकको अलावा अन्य चिनिया ऐप्स क्याम स्क्यानर, शेयर इट र यूसी जस्ता ऐप्स अझैँ पनि काम गरिरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!