मन्त्रिपरिषद बैठकको क्रममा बिरामी परेका प्रधानमन्त्री कोलाबालीको निधन

Posted on: 09 Jul, 2020

असार २५, काठमाडौँ । आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ । मन्त्रिपरिषद बैठकको क्रममा बिरामी परेका उहाँको लगत्तै निधन भएको बिबिसीले जनाएको छ ।

६१ वर्षका कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो । राष्ट्रपति एलासानी ओटाराले देश शोकमा रहेको बताउनुभएको छ ।  मन्त्रिपरिषदको साप्ताहिक बैठकको क्रममा बिरामी परेपछि उहाँलाई अस्पताल लगिएको थियो । उहाँको अस्पतालमै निधन भएको हो ।

कोलाबालीको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनाव अनिश्चित भएको छ । सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो । उहाँ गएको मे २ मा उपचारका लागि फ्रान्स गएर २ महिनापछि स्वदेश फर्कनुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!