बिहारमा चट्याङ लागेर १२ को मृत्यु

Posted on: 09 Jul, 2020

असार  २५, नयाँ दिल्ली (रासस/एएनआई) । भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस वर्षको मौसम शुरु भएदेखि नै बिहारमा चट्याङले ठूलो क्षति पुर्याएको बताइएको छ । बिहारको विपद् व्यवस्थापन विभागले बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको जनाएको छ ।

अघिल्लो हप्तासम्ममा यहाँ यस प्रकोपका कारण एक सय जनाभन्दा बढीको मृत्यु भएको बताइएको थियो । यसैबीच बिहार सरकारले मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले सो घोषणा गर्नुभएको हो । 

उहाँले बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको सूचना पाएको भन्दै मृतकका परिवारलाई सो सहयोग गर्ने बताउनुभएको हो । यहाँ पछिल्ला दिनहरुमा वर्षासँगै परेको चट्याङलले लागेर एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । 

बिहारका मुख्यमन्त्री नितिश कुमारले गत हप्ता नै यस प्रकोपबाट ज्यान जाने परिवारका सदस्यहरुलाई आर्थिक सहयोगका रुपमा प्रत्येक परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमहले जनाएका छन् ।

पछिल्ला हप्ताहरुमा बिहारमा मौसम खराब रहेकोले बाढी पहिरोबाट जोगिन बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!