क्यालिफोर्नियामा पुनः आठ हजार कैदी रिहाई गरिने

Posted on: 11 Jul, 2020

असार २७, लस एन्जेल्स (रासस/एएफपी)। जेलमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोनिया राज्यमा आठ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन् । क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो ।

रिहा गरिने भनिएका कैदीलाई आगामी अगस्टको अन्त्यसम्ममा प्रक्रिया पुर्याएर रिहा गरिने छ । यस पहिले उक्त राज्यमा १० हजार कैदीलाई यस्तै निर्णय गरी रिहा गरिसकिएको क्यालिफोर्निया सुधार तथा पुनःस्थापना विभागले जानकारी गराएको छ ।

सरकारले यो कार्य नागरिकको स्वास्थ्य र जीवनको सुरक्षा प्रत्याभूत गर्ने उद्देश्यले गरिएको मन्त्री राल्फ दिआजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । क्यालिफोर्नियाको पूरानो जेलगृह सान क्वेन्टिनमा सङ्क्रमण भेटिएपछि गरिएको निर्णयलाई काराकार सुधार पक्षधर न्यायाधिकारीहरूले स्वागत गरेका बताइएको छ ।

करिब एक हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भीड रहेका कारागारलाई खुकुलो पार्नुपर्ने धारणा अधिकारकर्मीहरूले व्यक्त गरेका थिए । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजरूमले गत मङ्गलबार कारागारमा एक हजारभन्दा बढी सङ्क्रमित रहेको भन्दै यो सबैको चासोको विषय भएको बताउनु भएको थियो । 

क्यालिफोर्निया राज्यमा अहिले सङ्क्रमित रहेकामध्ये आधाभन्दा बढी व्यक्ति जेलमा रहेका सान क्वेन्टिन कारागार प्रशासनले जानकारी गराएको थियो । क्यालिफोर्नियामा कूल एक लाख १३ हजार व्यक्तिले कैदी जीवन विताइरहेका छन् ।

करिब चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्नियामा तीन लाख व्यक्ति सङ्क्रमित रहेका छन् भने करिब छ हजार ८०० सङ्क्रमितको मृत्यु भइसकेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!