बच्चाबाट कोरोना फैलने खतरा छ कि छैन ? अध्ययन यसो भन्छ

Posted on: 19 Jul, 2020

साउन ४, काठमाडौँ (एजेन्सी) | ब्रिटेन र अमेरिका सहित कयौं देशहरुमा कोरोना भाइरस संक्रमण जारी छ, यसको कारण वालबालिकाहरुले पढ्न नपाएको कारण विश्व चिन्तामा छ । यसै कारण पनि हुनसक्छ कोरोनाबाट ग्रसित भईरहेका देशहरुले स्कूल खोल्ने तयारी गरेका छन् । कोरोना महामारी फैलिरहेको देशहरुले समेत स्कुल संचालन गर्ने तयारी गरेपछि यस्तो चर्चा चलिरहेको छ कि बच्चाबाट कोरोना संक्रमण कम फैलन्छ वा उनिहरुलाई कोरोना संक्रमणको खतरा कम छ । तर, एक महत्वपूर्ण अध्ययनले बच्चामा कोरोना संक्रमणको जोखिम कम हुने मानिसको सोचाईको बिपक्षमा हुने गरि जानकारी सार्वजनिक गरेको छ । 

साउथ कोरियामा ६५ हजार मानिसमा गरिएको अध्ययनको परिणामले बताएको छ कि स्कूल खोल्दा कोरोनाको संक्रमण थप बढ्न सक्छ । अध्ययनको क्रममा थाहा भयो कि १० बर्षभन्दा कम उमेरका बच्चाले वयस्कको तुलनामा कम संक्रमण फैलाउँछ, तर खतरा शून्य भने छैन । 


अध्ययनका अनुसार, १० देखि १९ बर्षका बच्चामा कोरोना संक्रमण फैलाउने दर वयस्ककै बराबर हुन्छ ।  मिन्नेसोटा युनिभर्सिटीका सरुवा रोग विशेषज्ञ मिशेल ओस्टरहोम भन्छन् कि बच्चामा पनि संक्रमण फैलन सक्छ, अब हामीले यस कुरालाई स्वीकार गर्नु जरुरी छ ।

हार्वर्ड ग्लोबल हेल्थ इन्स्टीट्यूटका निर्देशक डा. आशीष झा भन्छन् 'एशिया र यूरोपका केहि अध्ययनमा यस्तै संकेत भेटिएको थियो कि बच्चा कोरोनाबाट कम संक्रमित हुन्छन् र संक्रमण पनि कम फैलाउँछन् । तर यो अध्ययन सानो थियो । तर नयाँ अध्ययन निकै व्यवस्थित तरीकाबाट गरिएको थियो र ठूलो संख्यामा मानिसहरुबाट अध्ययन गरिएको थियो ।


अध्ययनमा थाहा भयो कि १० बर्षभन्दा कम उमेरमा बच्चामा संक्रमण फैलाउने आंकडा वयस्कको तुलनामा करीब आधा हुन्छ । किनकि बच्चाहरु साँस लिएपछि कम हावा छोड्छन्  र उनीहरुको उचाई पनि कम हुन्छ, मानिएको छ कि यसै कारण उनीहरु कम संक्रमण फैलाउछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!