भदौ १ देखि नियमित अन्तराष्ट्रिय उडान होला ? (हेर्नुहोस् भिडियो)

Posted on: 05 Aug, 2020

साउन २१, काठमाडौँ | सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान खुलाउने निर्णय गरेको छ । गएको चैत ९ गतेदेखि बन्द भएका जहाजको नियमित उडान भदौ १ गतदेखि सुरु हुनेछ । 

भदौ १ देखि उडान नियमित गर्ने बिषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उडान सुरक्षा र यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर निर्देशिका बनाईएको भन्दै भदौ १ देखि उडान खुलाउने स्पष्ट पारेका छन् । मन्त्री भट्टराईका अनुसार निर्देशिकालाई वायुसेवा कम्पनी, यात्रु, विमानस्थल व्यवस्थापन, कर्मचारी लगायत सम्बन्धित सबैले कडाइका साथ पालना गरि उडान सुरु गरिनेछ ।

तर नेपाल सरकारले मात्रै निर्णय गरेर अन्तर्राष्ट्रिय उडान नियमित हुन सक्दैन । पछिल्लो समय सरकारले पुन: स्वीकृति दिएर विदेश जान चाहनेहरुलाई पठाईरहेको छ तर त्यसका लागि विदेश जानेले सम्बन्धित देशको विमान स्थलबाट बाहिरिनको लागि आवश्यक अनुमति लिनुपर्ने हुन्छ । 

यस्तै अभ्यास युएईबाट बिदामा आएर युएई जान चाहने नेपालीहरुले गरिरहेका छन् । विदामा आएका नेपालीहरुले अनलाइन मार्फत स्वीकृति लिन सक्छन् र आफ्नो काममा फार्किन सक्छन् । 

यसै क्रममा विमानस्थलमा तयार पारिएको भिडियो तल हेर्नुहोस् । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!