डब्ल्यूएचओले भन्यो 'रुस भ्याक्सिनको विषयमा अघि नबढोस्'

Posted on: 12 Aug, 2020

साउन २८, काठमाडौँ | विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न यसबारे केही जानकारी नभएको बताएको छ । विश्व स्वास्थ्य संगठन अन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले ब्राजिलले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको भन्दै जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म भ्याक्सिन बनाउन हुँदैन भनेका छन् ।


कुनैपनि भ्याक्सिन बनाउँदा भ्याक्सिन सुरक्षित भए/नभएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको भनेर सुनिश्चित गर्नुपर्छ ।

गत हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो । विश्व स्वास्थ्य संगठनलाईनै जानकारी नदिई भ्याक्सिन बनाएको रुसले मंगलबार विश्वमै पहिलो कोरोना विरुद्धको भ्याक्सिन बनेको दावी गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!