कोरोना संक्रमण बढ्दै गएपछि क्यालिफोर्नियामा कर्फ्यु

Posted on: 22 Nov, 2020

मङ्सिर ७, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि गए रातिदेखि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु लागू भएको छ | हिजोदेखि स्थानीय समयअनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यु जारी रहने बिबिसीले जनाएको छ |

यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने बताइएको छ | गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै सङ्क्रमण देखिए पनि अहिले संक्रमण बढ्दै गेरको छ | 

हाल विश्वको सबै भन्दा बढी प्रभावित देश अमेरिका रहेको छ | अमेरिकामा कुल सङ्क्रमितको संख्या एक करोड २० लाखभन्दा बढी पुगेको छ | भने,दुई लाख ५५ हजारभन्दा बढिको मृत्यु भइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!