यमनमा सरकारी सैनिक र हुथी विद्रोहीबीच झडप हुँदा कम्तीमा १३ जनाको मृत्यु

Posted on: 29 Nov, 2020

मंसिर १४, काठमाडौँ | यमनी सरकारका सैनिक र हुथी विद्रोहीबीच भएको झडपमा कम्तिमा १३ जनाको मृत्यु भएको छ |

अभियान प्रान्तमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ (एसटीसी) समूहबीच भएको झडपमा आठ विद्रोही सैन्य लडाकु र पाँच सरकारी सैनिकको ज्यान गएको सेनाले जनाएको छ | 

 यमनमा हुथी समूहलाई अन्य समूहले साझा दुस्मनका रूपमा हेर्दै आएका छन् | एसटीसीले  दक्षिण यमनको स्वतन्त्रताको माग राख्दै आएको छ | यमनमा हुथी विद्रोही र अन्य विद्रोहीविरुद्धको लडाइँमा साउदी अरबको सैन्य सहयोगमा संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त सरकारको नेतृत्वमा शान्ति स्थापनाको प्रयास गरिए पनि त्यसो हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!