विश्वमै पहिलो पटक कोरोना बिरुद्धको खोप फाइजर–बायोएनटेकलाई प्रयोग अनुमति दियो बेलायतले

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौँ | विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड-१९) विरुद्धको खोपलाई प्रयोगअनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ | फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको उक्त खोपलाई बेलायतले प्रयोग अनुमति दिएको हो |

बेलायतमा खोप अर्को हप्तादेखि दिइन सुरु गरिने बताइएको छ | ‘स्वतन्त्र मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए) को सिफारिसमा सरकारले फाइजर–बायोएनटेकको कोभिड–१९ को खोपलाई प्रयोगका लागि अनुमित दिएको छ,|’ सरकारले एक विज्ञप्ति जारीगर्दै भनेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!