साउदी द्वारा कतार एयरवेजको उडानका लागि एयर स्पेस खोल्ने सहमति

Posted on: 04 Dec, 2020

मंसिर १९, काठमाडौँ |  साउदी अरेबियाले कतार एयरवेजको उडानका लागि आफ्नो एयर स्पेस खोल्ने सहमति जनाएको छ | ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ज्वाइँ जारेड कुशनरले यस हप्ता कतार र साउदी अरेबियाको भ्रमण गरेसंगै उक्त नतिजा देखिएको हो |

 रियादले कतार संगको सिमाना पनि खोल्न सक्ने संकेत दिएको हो | अधिकारीहरुका अनुसार कतारसंग छिमेकी देशहरुको सम्बन्ध बारे भएको पछिल्लो अवस्था केही दिनमा कुवेतले सार्वजनिक गर्ने बताइएको छ | तर युएई.बहराइन र इजिए्टले यसबारे कुनै चाँसो नदेखाएका छैनन् |

बुधवार कुशनेरले कतारका अमीर तमीम बिन हमद अल थानीसँग दोहामा र त्यसको अघिल्लो दिन उनले नेममा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग वार्ता गरेका थिए । उनको भ्रमणले कतारमाथि छिमेकी देशहरुले गरेको अवैध नाकाबन्दीको समाधान खोज्ने विश्वास गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!