कोरोना नियम उल्लंघन गरेको भन्दै उत्तर कोरियामा एक जनाको गोली हानि हत्त्या

Posted on: 04 Dec, 2020

मंसिर १९, एजेन्सी | उत्तर कोरियामा कोरोनाबाट बच्न लागू गरिएका नियमको उल्लङ्घन गरेको भन्दै एक जनाको गोली हानी हत्या गरिएको छ | चिनियाँ सीमामा तस्करी गरेको आरोपमा उनलाई गत नोभेम्बर २८ तारिखमा गोली हानेर मारेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् |

समाचारमा जनाइए अनुसार,नागरिकले कोरोनाभाइरसबाट जोगिन मान्न पर्ने नियमको पालना गरून् भन्ने उद्देश्यले तर्साउनका लागि गोली हानी मारिएको  हो | हाल ससम उत्तर कोरियाले  कोरोनाभाइरसका संक्रमित नभेटिएको  बताउँदै आएको छ |

उत्तर कोरियाका शासक किम जोङ उनले कोरोनाबाट जोगिन अल्ट्रा हाइ लेभन इमर्जेन्सी क्वारेन्टिनका उपाय अपनाएका छन्। चीनसँगको सीमामा आवातजावत गर्न खोज्नेलाई उनले गोली हान्न आदेश दिएको बताइएको छ |

उत्तर कोरियाले सबैभन्दा धेरै चीनसँग व्यापार गर्ने भएपनि महामारीका कारण चीनसँगको व्यापार ७५ प्रतिशतले घटेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!