कोरोना भाइरस बिरुद्धको भ्याक्सिन निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी

Posted on: 21 Jan, 2021

माघ ८, काठमाडौँ । भारतमा कोरोना भाइरस बिरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ । बिहिबार दिउँसो सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा आगलागी भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  

सेरमले भारतमा अक्सफोर्ड-अष्ट्राजेन्काले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन बनाईरहेको छ । आगो निभाउन १० वटा दमकल र शुरक्षाकर्मी घटनास्थल पुगेका छन् । आगलागी बाट भएको क्षेतीको विवरण भने आएको छैन । 

बिहिबार नेपाल आएको दशलाख डोज खोप पनि उक्त कम्पनीले नै बनाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!