भारतले लगायो टिकटक सहित ५९चिनियाँ एपमाथि प्रतिबन्ध

Posted on: 26 Jan, 2021

माघ १३, एजेन्सी । भारतले टिकटक लगायत ५९ वटा चिनिया एपमाथि प्रतिबन्ध लगाएको छ । सीमा सुरक्षाको कारण जनाउँदै भारत सरकारले सूचना प्रविधि ऐन अनुसार चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो ।

भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले गत साता स्थाथी प्रतिबन्ध लगाउन सूचना जारी गरेको थियो ।

गत वर्ष भारतले २ सय ६७ एपमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाउनु अगाडी भारत सरकारले कम्पनीहरुलाई डेटा कलेक्सन, डेटा प्रोसेसका बारेमा जिज्ञासा राखेको थियो । कम्पनीहरुको जवाफबाट सन्तुष्ट नभएपछि सरकारले स्थाथी प्रतिबन्ध लगाउने निर्णय गरेको जनाइएको छ ।

पछिल्लो समय भारत र चिनबिच सिमा विवाद बढिरहेको छ । भारतले चिनियाँ एपहरुका कारण थप सुरक्षा खतरा बढाउने बताएको छ । दुई देशबिच सीमा विवाद बढिरहँदा चिनियाँले आफ्ना नागरिकको डेटा दुरुपयोग गरेको र भारत बिरोधी गतिबिधी गरेको भारतको आरोप छ ।

सिमा विवादकै क्रममा २० जना भारतीय सैनिक मारिएपछि भारतले कठोर निति अपनाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!