भारतमा कुखुराको भालेले लियो मालिकको ज्यान

Posted on: 28 Feb, 2021

फागुन १७, एजेन्सी । भारतमको तेलङ्गाना राज्यमा एक कुखुराको भालेका कारण मालिकको मृत्यु भएको छ । कुखुराको भालेको जुधाइ (खेल) को क्रममा मालिकको ज्यान गएको हो । कुखुराको भालेको अवैध जुधाइका लागि एक भालेको पन्जामा चक्कु बाँधिएको थियो ।

उक्त भालेको पन्जामा बाँधेको चक्कु लागेर गम्भीर घाइते भएका मालिकलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चक्कु मालिकलाई लागेको थियो । 

उक्त् घटनापछि प्रहरीले भाले जुधाइमा सहभागी १५ जनाको खोजी गरिरहेको जनाइएको छ । उक्त खेल तेलङ्गानाको लोतुनुर गाउँमा यसै हप्ताको सुरुवातमा भएको थियो । भाग्न लागेको कुखुराको भालेलाई मालिकले समात्ने कोसिस गर्दा पन्जामा बाँधिएको सात सेन्टिमिटर लामो चक्कु लाग्दा उनी घाइते भएका थिए ।

बीबीसीका अनुसार ती मालिकको मृत्यु भएपछि कुखुराको भालेलाई प्रहरी कार्यालय लगिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!