न्यूजिल्याण्डले लगायो भारतीय यात्रीलाई प्रवेशमा प्रतिबन्ध

Posted on: 08 Apr, 2021

चैत २६, काठमाडौँ । न्यूजिल्याण्डले भारतीय यात्रीलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतमा कोभिड–१९ को संक्रमण तिब्ररुपमा फैलिएको भन्दै न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले यस्तो निर्णय गरेकी हुन् ।

पछिल्लो समय न्यूजिल्याण्डमा कोरोनाका २३ नयाँ संक्रमित भेटिएका थिए ति मध्ये १७  जना भारतीय रहेका थिए । अर्डर्नले भारतबाट फिर्ता हुन लागेका आफ्ना नागरिकमाथि हालका लागि रोक लगाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

अर्डर्नका अनुसार यो नियम ११ अप्रिलदेखि सुरु भएर २८ अप्रिलसम्म लागू हुनेछ । उक्त प्रतिबन्ध ११ अप्रिलमा स्थानीय समयानुसार बेलुका ४ बजेदेखि लागुहुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!