कोरोना भाइरसको दोस्रो कहर : दिल्लीमा कर्फ्यु घोषणा

Posted on: 15 Apr, 2021

बैशाख २, काठमाडौँ । भारतको राजधानी दिल्लीमा कर्फ्यु घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले कर्फ्यु घोषणा गरेका हुन् । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । 

५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेको छ । शहरका जिमर मल्ल बन्द रहने तथा सिनेमा हलहरू ३० प्रतिशत क्षमतामा सञ्चालन हुनेछन् । अत्यावश्यक सेवाहरू र विवाहको अवसरमा जाने व्यक्तिलाई मात्र कर्फ्यू पास जारी गरिने मुख्यमन्त्री केजरीवालले प्रेस ब्रिफिङमा बताए । 

रेस्टुरेन्टमा बसेर खान नपाइने, होम डेलिभरी भने गर्न पाइने तथा हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ । बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए । भारतको स्वास्थ मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७ जनाको ज्यान गएको छ । भारतमा कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ३ सय पुगेको मन्त्रालयको तथ्यांक छ । निको हुनेदर भने घटेर ८९ दशमलव ५१ प्रतिशतमा पुगेको छ ।

 हालसम्म महामारीबाट १ लाख ७३ हजार १ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा १३ लाख ६५ हजार ७ सय ४ जनाले उपचार गराइरहेका छन् ।एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!