तेश्रो लहरको कोरोना संक्रमणकै बीच युके पूर्ण रुपमा खुल्यो, १५ महिनापछि खुले नाइट क्लब

Posted on: 20 Jul, 2021

साउन ५, काठमाडौँ | युके सोमवारदेखि पूर्ण यूप्मा अनलक भएको छ । त्यो पनि यस्तो समयमा कि जहाँ संक्रमितहरुको संख्या सबैभन्दा बढी रहेको छ । ब्रिटेनमा आइतबार ४८ हजार संक्रमित थपिएका थिए । युकेमा तेस्रो लहरको कोरोना फैलदै गर्दा अनलक गर्ने आत्मविश्वास यस कारण पनि भएको हो, किन कि ब्रिटेनमा ८७% वयस्कहरुले कोरोना बिरुद्धको भ्याक्सिनको सिंगल डोज र ६८% ले दुबई डोज खोप लगाईसकेका छन् ।

मुख्य कुरा यो छ कि ६.७० करोडको आबादी भएको ब्रिटेनमा ५४% लाई कोरोना बिरुद्धको खोप दिईसकिएको छ । अब यहाँ कानूनी रूपमा मास्क लगाउन पनि अनिवार्य छैन । नाइटक्लब १५ महिनापछि पूर्ण क्षमता र बिना कुनै प्रतिबन्ध पुरै रात खुलेका छन् । 

धेरै जसो क्लब र बारको बाहिर आइतबार लाइननै लाग्न पर्ने गरि भीड देखिएको थियो । गत बर्ष मार्चमा लगाइएको प्रतिबन्धपछि सोमवार पहिलो पटक मानिसहरुले बिनाकुनै प्रतिबन्ध पार्टीको मज्जा उठाए ।


कोरोनाको तेस्रो लहरकै बीच ब्रिटेनमा नयाँ भेरिएन्टको भाइरस समेत भेटिएको छ । पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार, ब्रिटेनमा ‘नोरो’ भाईरसको १५४ केस भेटिएको छ । पीएचईको अनुसार, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु पनि संक्रमित हुन सक्छन् । 


ब्रिटेनका प्रधानमन्त्री बोरिस जनसन र चान्सलर ऋषि सूनक स्वास्थ्य सचिव साजिद जाविदसँग सम्पर्कमा आएपछि आइसोलेशनमा छन् । देश अनलक भएपछि ब्रिटिश पीएमले जनताहरुलाई भनेका छन्- ‘हामीले प्रतिबन्ध हटाउँदै छौं । तर हामी सावधान भने रहनुपर्छ । किनकी भाईरस अहिले पनि हाम्रो आसपास छ ।’ उनले मानिसहरुलाई कोरोना बिरुद्धको भ्याक्सि लगाउन अपिल समेत गरेका छन् । जनसनले भने- ‘जो मानिसले भ्याक्सिन लगाउदैनन्, उनिहरुलाई सेप्टेम्बरदेखि बार र क्लबमा प्रवेश दिईनेछैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!