कतार एयरवेज २०२१ को सर्वोत्कृष्ट एयरलाइन

Posted on: 22 Jul, 2021

साउन ७, काठमाडौं । कतार एयरवेज एयरलाइन्स रेटिङद्वारा २०२१ वर्षको सर्वोत्कृष्ट एयरलाइन सम्मानद्वारा सम्मानित भएको छ । साथै, एयरलाइनले मध्यपूर्वको सर्वोत्कृष्ट एयरलाइन, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ । 

कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हात पारेको यो तेश्रो पटक हो, जसको मुख्य श्रेय एयरलाइनको क्युसुइट सेवालाई जान्छ । 

एयरलाइन रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’ अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रित रही उड्डयन उद्योगको सर्वश्रेष्ठ एयरलाइनलाई सम्मानित गर्दै आइरहेको छ । एयरलाइन रेटिङका सम्पूर्ण विधाका अवार्ड उड्डयन क्षेत्रका दक्ष एवं अनुभवी विज्ञहरूको विस्तृत मूल्यांकन तथा मापदण्डका आधारमा दिइने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!