ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

Posted on: 26 Jul, 2021

साउन ११, ट्युनिस (रासस/सिन्ह्वा)। ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गर्नुभएको छ र प्रधानमन्त्रीलाई पनि बर्खास्त गर्नुभएको बताइएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । त्यसलगत्तै उहाँले यहाँको संसद पनि निलम्बन गर्नुभएको बताइएको छ ।

आइतबार राति उहाँले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गर्नुभएको थियो ।  राष्ट्रपति काइस सेइदले आइतबार राति चाल्नुभएको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिनुभएको छ ।त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उहाँ आफैले गर्नुभएको छ । उहाँले अकस्मात गर्नुभएको सो घोषणामा अर्काे प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताउनुभएको छ ।

त्यसैगरी यहाँको संसद पनि उहाँले निलम्बन गरेर सबै सांसदहरुको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराउनुभएको छ ।आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!