सोमालियामा राष्ट्रपति भवन अगाडि विष्फोट मृत्यु हुनेको संख्या ७ पुग्यो

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौँ (एजेन्सी)। सोमालियको राजधानी मोगादिसुमा आत्मघाती कारबम विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। राष्ट्रपति भवन नजिकै गराइएको विष्फोटमा कैयौं घाइते भएका छन्। सोमालियका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलतर्फ जान प्रयोग गरिने सडकको चेकपोइन्टमा उक्त विष्फोट गराइएको हो।

आक्रमणकारीले राष्ट्रपति भवनमा जाँदै गरेकाहरुलाई लक्षित गरी विष्फोट गराएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्ने त्यहाँका पुलिस अधिकारीहरुले बताएका छन्।

मारिनेहरुमा वरिष्ठ सैनिक अधिकारी र उनीहरुका परिवार भएको जनाइएको छ। सोमालियमा सरकार फालेर इस्लामिक राज्य स्थापना गर्न हिंसात्मक गतिविधि गर्दै आएको अल सबाब नामको आतंककारी संगठनले विष्फोट गराएको विश्वास गरिए पनि त्यसमा अलकायदाको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ। सन् २०११ सम्म राजधानी मोगादिसुमै कब्जा जमाएको अलसबाबलाई अफ्रिकन युनियन सम्वद्ध सेनाले विस्थापित गरेको थियो। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!