उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण

Posted on: 01 Oct, 2021

असोज १५ , काठमाडौँ  (एजेन्सी) । उत्तर कोरियाले बिहीबार नयाँ एन्टी-एयरक्राफ्ट मिसाइल परीक्षण गरेको जनाएको छ । योसँगै सेक्टेम्बारमा उत्तर कोरोनाले चार पटक मिसाइल परीक्षण गरेको हो ।

एक महिनाभित्र उत्तर कोरियामा हतियारको यो चौथो परीक्षण हो । केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको थियो । यो मिसाइलमा परमाणु क्षमता भएको मान्यता राखिन्छ ।

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले ‘दोहोरो मापदण्ड ’ अपनाएको भन्दै आत्मरक्षाका लागि हतियार परीक्षण गरेको बताएको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल शक्तिशाली युद्ध क्षमतासहितको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!